काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको पीसीआर परीक्षण आज गरिदैं छ । नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणमा डाकिएका राष्ट्रिय क्रिकेट टिमका खेलाडीको पीसीआर परिक्षण आज गरिने जनाएको छ ।
पीसीआर परिक्षण किर्तिपुरस्थित टियु मैदानमा हुने बताईएको छ । खेलाडी, प्रशिक्षक र ग्राउण्ड स्टाफ गरि झण्डै ५० जनाको पीसीआर परीक्षण गरिने छ । नेपाली टिमको बन्द प्रशिक्षण बुधबारबाट सुरु हुँदैछ ।
कोरोना भाइरसको महामारीको कारण नेपालले ९ महिनापछि बन्द प्रशिक्षण गर्न लागको हो । नेपाली टिमले प्रशिक्षक जगत टमटाको नेतृत्वमा प्रशिक्षण गर्नेछ ।
प्रशिक्षणमा बोलाइएका खेलाडीहरु :
ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उप कप्तान), पारस खड्का, सन्दीप लामिछाने, शरद भेसावाकर, कारण केसी, बसन्त रेग्मी, बिनोद भण्डारी, सोमपाल कामी, सुसन भारी, ललित नारायाण राजबंशी, आरिफ शेख, पवन सराफ, अविनास बोहरा, सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सन्दीप जोरा, किशोर महतो, भुवन कार्की
प्रकाशित मितिः २०७७ मंसिर ०९ मंगलबार
Comments