काठमाडौं । कोरोना महामारीका बीचमा सम्पन्न इण्डियन प्रिमियर लिग आइपिएलबाट भारतीय क्रिकेट कन्ट्रोल बोर्डले करोडौ कमाई गरेको छ ।
भारतमा कोरोना महामारी नरोकिएपछि युएईमा सम्पन्न आइपिएलमा भारतीय क्रिकेट बोर्डले ४ हजार करोड भारतीय रुपैया कमाई गरेको छ ।
मार्च -अप्रेलमा हुनुपर्ने आइपिएल कोरोनाका कारण सेप्टेम्बरमा शुरु भएर नोभेम्बरमा सकिएको थियो । यस बर्ष रद्ध हुन्छकि भन्ने आशंकाका बीचमा आइपिएलको सफल आयोजन भएको थियो ।
बोर्डले ४ हजार करोडको कमाई गरेको छ भने २५ प्रतिशत भ्युअरसिप समेत बढेको छ । बोर्डका कोषाध्यक्ष अरुण धुमलले आइपिएलको सफलताको बारेमा कुरा गर्दै यस्तो जानकारी दिएका छन् ।
यस बर्षको आइपिएल आयोजनामा समेत गत बर्ष भन्दा यस बर्ष ३५ प्रतिशत लागत कम भएको धुमलले बताएका छन् । यस सिजनको आइपिएलमा मुम्बई इण्डियन्स र चेन्नई सुपरकिंग्सको खेल धेरै दर्शकले हेरेको उनले बताएका छन् ।
यस आइपिएलको क्रममा ३० हजारभन्दा बढी पटक कोरोना परिक्षण भएको र आइपिएल संचालन गर्न १५ सय भन्दा बढी मानिस संलग्न रहेको बोर्डले जनाएको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ मंसिर ०९ मंगलबार
Comments