काठमाडौं। सन् २०२२ को आईसीसी महिला टी-ट्वान्टी विश्वकप क्रिकेट एक वर्ष पछि सरेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० को बोर्ड बैठकले २०२२ को विश्वकप एक वर्ष पछि सार्ने निर्णय गरेको हो । दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकप अब २०२३ को फेब्रुवरी ९ देखि २६ सम्म हुनेछ ।
यस अघि महिला विश्वकप २०२२ को अन्तिममा हुने बताईएको थियो । सन् २०२० को महिला विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको थियो ।घरेलु भूमिमा भारतलाई हराएर अष्ट्रेलिया च्याम्पियन बनेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७७ मंसिर ०५ शुक्रबार
Comments