काठमाडौं । फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले पेरुलाई पराजित गरेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले पेरुलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
पेरुको मैदानमा अर्जेन्टिनालाई जित दिलाउन निकोलस गोन्जालेज र लाउटरो मार्टिनेजले एक एक गोल गरे । खेलको १७ औं मिनेटमा गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको २८ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २-० को जित दिलाए । जितसँगै अर्जेन्टिनाले ४ खेलमा १० अंक जोडेको छ । अर्जेन्टिना छनोटको दोस्रो स्थानमा रहेको छ ।
अर्जेन्टिनाको यो छनोटमा तेस्रो जित हो । पेरु १ अंक जोडेर नवौं स्थानमा रहेको छ । पेरुको यो तेस्रो हार हो ।
प्रकाशित मितिः २०७७ मंसिर ०३ बुधबार
Comments