काठमाडौं । कोरोना भाइरसको संक्रमण भएको थाहा नपाएका क्रोएसियाका कप्तान डोमागोज भिडा संक्रमणसहित खेलको आधा समय मैदानमा बिताएका छन् ।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत बुधबार राति क्रोएसियाले टर्कीसँग ३–३ को बराबरी खेलेको थियो।
सो खेलमा क्रोएसियाका कप्तान भिडाले मध्यान्तरमा मात्रै कोरोना भाइरसको संक्रमण रहेको थाहा पाएका हुन्। ३१ वर्षे सेन्टर–ब्याक भिडा अबको केही दिन आइसोलेशनमा रहने जनाइएको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ कार्तिक २७ बिहिबार
Comments