काठमाडौं । अष्ट्रेलियाको तास्मानियास्थित लन्चेस्टनमा बस्ने नेपाली युवा विवेक सेढाईँ नर्दन तास्मानियन क्रिकेट एसोसिएनको अम्पायर बनेका छन् ।
चितवन जिल्ला खैरेनी-१० शान्तिनगर घर भई हाल लन्चेस्टन बस्दै आएका २७ वर्षीय सेढाईँ अष्ट्रेलियाको क्लबस्तरीय क्रिकेट म्याचहरुमा अम्पायर गर्ने सम्भवतः पहिलो नेपाली हुन् ।
लन्चेस्टनको मोब्रेमा बस्ने उनी त्यही क्षेत्रबाट अम्पायरिङ गर्न सुरु गरेका हुन् । अस्टेलिया क्रिकेटका पूर्वकप्तान रिकि पोन्टिङ पनि सोही ठाउँबाट क्रिकेट खेल्न सुरु गरेका थिए ।
प्रकाशित मितिः २०७७ कार्तिक २६ बुधबार .
Comments