काठमाडौं। बार्सिलोनाका पूर्व स्टार स्यामुएल इटो चढेको कार दुर्घटनामा परेको छ । क्यामरुनको डुआला र बाफोसम क्षेत्रको सडकमा इटो चढेको कार दुर्घटनामा परेको हो । इटो चढेको कार विपरित दिशाबाट आईरहेको बससँग ठोक्किएर दुर्घटना भएको बताईएको छ ।
दुर्घटनामा परेपनि कारमा सवार सबैजना सकुशल रहेको बीबीसीले जनाएको छ । दुर्घटनापछि अस्पताल पुगेका इटोलाई सामान्य चोट लागेको जनाईएको छ ।
तर, उनको कारको अगाडिको भाग भने पूर्ण रुपमा बिग्रेको बताईएको छ । ३९ वर्षीय इटोले गत वर्ष २२ वर्षे खेल जीवनबाट सन्यास लिएका थिए ।
पछिल्लो वर्ष कतारी क्लबबाट व्यवसायिक फुटबल खेलेका इटोले ७१८ क्लब खेलमा ३५९ गोल र ११६ एसिस्ट गरेका छन् । चार पटकको वर्ष अफ्रिकन खेलाडी घोषित इटोले ४ च्याम्पियन्स लिग, ३ ला लिगा र १ सिरी ुएु उपाधि जितेका छन् ।
चेल्सी र इन्टर मिलानबाट समेत खेलेका इटोले क्यामरुनबाट ११८ खेलमा ५६ गोल गरेका थिए । उनले आफ्नो राष्ट्रको लागि ओलम्पिकमा स्वर्ण र अफ्रीका कप अफ नेसन्सको उपाधि दिलाएका थिए ।
इटोले सन् २०१४ पछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । एजेन्सी
प्रकाशित मितिः २०७७ कार्तिक २५ मंगलबार
Comments