काठमाडौं । इंग्ल्यान्डको सेन्ट्रल कन्ट्रयाक्टमा रहेका क्रिकेट खेलाडीहरु तलब कटौतीका लागि सहमत भएका छन् ।
कोरोना भाईरसको कारण इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्ड इसीबी मा पर्न गएको आर्थिक संकटको कारण खेलाडी तलब कटौती गर्न सहमत भएका हुन् ।
सहमतिसँगै अब सन् २०२०र२१ को सिजन खेलाडीको तलब १५ प्रतिशत कटौती हुनेछ । इंग्ल्यान्डको पुरुष क्रिकेट टिमका प्रबन्ध निर्देशक एस्ले गिल्सले चुनौतीको समय खेलाडीले परिपक्क निर्णय गरेको बताए ।
म खेलाडीलाई सहयोगको लागि धन्यवाद दिन चाहन्छु, उनले भनेका छन्, हाम्रा खेलाडी र प्रतिनिधिसँग बलियो सम्बन्ध रहेको छ । कप्तान जोय रुट र इयान मोर्गनको नेतृत्वमा खेलाडीहरुले आफुलाई परिपक्क र जिम्मेवारीका साथ अघि बढाएका छन् ।
इंग्ल्यान्डको सेन्ट्रल कन्ट्रयाक्टमा २३ खेलाडी रहेका छन् । उनीहरुको कन्ट्रयाक्ट आगामी अक्टोबर १ सम्म रहनेछ । गत मार्चबाट महामारीको रुपमा फैलिएको कोरोनाले परेको आर्थिक संकटलाई मध्ये नजर गर्दै विभिन्न खेलका खेलाडीहरु समेत तलब कटौतीका लागि सहमत भईसकेका छन् ।
प्रिमियर लिग फुटबलका खेलाडीहरु यस अघि नै तलब कटौतीमा सहमत भईसकेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ कार्तिक ०७ शनिबार
Comments