काठमाडौं । भारतीय क्रिकेट टिमको अष्ट्रेलिया भ्रमण पक्का भएको छ । अष्ट्रेलिया सरकार र न्यु साउथ वेल्स स्टेट सरकारले सिरिज आयोजनाको लागि अनुमति दिएपछि भारतको अष्ट्रेलिया भ्रमण पक्का भएको हो ।
भारतले नोभेम्बर देखि जनवरीसम्म अष्ट्रेलिया भ्रमण गर्नेछ । भ्रमण दौरान दुई टोलीले एकदिवसीय, टी(ट्वान्टी र टेस्ट सिरिज खेल्नेछ । दुई टिमबीच नोभेम्बर २७, २९ र डिसेम्बर १ मा एकदिवसीय सिरिज हुनेछ । डिसेम्बर ४, ६ र ८ मा टी-ट्वान्टी खेल हुनेछ ।
त्यसपछि डिसेम्बर १७ बाट टेस्ट सिरिज सुरु हुनेछ । दुई टिमबीच अन्तिम तथा तेस्रो टेस्ट जनवरी १५ मा सुरु हुनेछ । भ्रमणको दौरान दुबै देशका खेलाडी सरकारले तयार गरेको कोरोना प्रोटोकल नियम पालना गर्नु पर्नेछ ।
अष्ट्रेलिया पुगेपछि भारतीय टिम २ हप्ता क्वारेन्टिनमा बस्नु पर्नेछ । यस्तै आईपीएल खेलेर फर्किएका अष्ट्रेलियाका खेलाडी समेत क्वारेन्टिनमा बस्नु पर्नेछ ।एजेन्सी
प्रकाशित मितिः २०७७ कार्तिक ०७ शुक्रबार
Comments