काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा आज एक खेल हुँदैछ ।
आज साविक उपविजेता चेन्नई सुपर किङ्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
शेख जायद क्रिकेट स्टेडियममा चेन्नई र राजस्थानबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।
महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई चौंथो जितको खोजीमा हुनेछ । चेन्नई ९ खेलमा ६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
यता, स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थान पनि चौंथो जितको खोजीमा हुनेछ । राजस्थानले ९ खेलमा ६ अंक जोडेर पुछारमा रहेको छ ।
सिजनको पहिलो भेटमा राजस्थानले चेन्नईलाई १६ रनले पराजित गरेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७७ कार्तिक ०३ सोमबार
Comments