एजेन्सी, २२ पुस । लिसेस्टर सिटीका रियाद महरेजले अफ्रिकाको उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । महरेजले कनफेडेरेशन अफ अफ्रिकन फुटबलस् प्लेअर अफ द इयर अवार्ड जितेका हुन् ।
२५ वर्षका अल्जेरियाका महरेजले गएको सिजन लिसेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । महरेजले बोरुसिया डर्टमुण्डका पिएर एमरिक तथा लिभरपुलका साडियो मानेलाई पछि पारेका हुन् । आर्सनका नाइजेरियन खेलाडी एलेक्स इओबीले युवा खेलाडी अवार्ड पाए ।
उनले यसअघि पिएफए प्लेअर अफ द इयर र बिबिसी अफ्रिकन फुटबलर अफ द इयरको अवार्ड जितेका थिए ।
महरेजले जिते अफ्रिकाको उत्कृष्ट खेलाडीको अवार्ड
0
Share.
Comments