काठमाडौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज साविक विजेता मुम्बई इन्डियन्स र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
शेख जायद क्रिकेट स्टेडियममा मुम्बई र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई छैटौं जितको खोजीमा हुनेछ । अघिल्ला ७ खेलमा ५ जितसहित १० अंक जोडेर मुम्बई दोस्रो स्थानमा रहेको छ । मुम्बई कोलकत्तालाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।
यता, दिनेश कार्तिकको कप्तानीमा मैदान उत्रने कोलकत्ता पाँचौं जितको खोजीमा हुनेछ । कोलकत्ताले ७ खेलमा ८ अंक जोडेको छ र चौंथो स्थानमा रहेको छ । कोलकत्ता मुम्बईलाई हराएर शीर्ष टोलिसँगको अंक दुरी कम गर्न चाहन्छ ।
कोलकत्ता मुम्बईलाई हराएर शीर्ष टोलिसँगको अंक दुरी कम गर्न चाहन्छ । यस्तै कोलकत्ता मुम्बईसँग पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । सिजनको पहिलो भेटमा मुम्बईले कोलकत्तालाई ४९ रनले हराएको थियो ।
प्रकाशित मितिः २०७७ असोज ३० शुक्रबार
Comments