काठमाडौं । नेसन्स लिग फुटबलमा युक्रेनले स्पेनविरुद्ध स्तब्धपूर्ण नतिजा निकालेको छ । मंगलबार राति पछिल्लो करिब दुई वर्षको अन्तरमा पहिलो हार ब्यहोर्ने क्रममा स्पेन युक्रेनसंग १–० ले पराजित बन्यो ।
लिड्सका फरवार्डले हेडमार्फत दुई अवसर खेर फालेको खेलमा युक्रेनका गोलकिपर जर्जी बुशनले समेत स्पेनलाई निराश बनाउने काम गरे । स्पेनले करिब २१ प्रहार गरेको थियो तर युक्रेनको एक प्रहारनै किभमा सन् २०१२ को युरोकप विजेतालाई निराश बनाउन पर्याप्त रह्यो ।
सोही मैदानमा स्पेनले सन् २०१२ को युरो कपको उपाधि उचालेको थियो । बैकल्पिक खेलाडीको रुममा मैदान छिरेका भिक्टोर स्यागान्कोभले युक्रेनका लागि विजयी गोल गरे ।
म्यान्चेष्टर युनाईटेडका गोलकिपरले आफ्नो स्थान छाडेको समय काउन्टरमा युक्रेनले लुइस एनरिकेको टिमलाई निराश बनायो । पछिल्लो समय स्पेनले सन् २०१८ को नोभेम्बरमा क्रोएसियासंग ३–२ ले हार ब्यहोरेको थियो ।
अब युक्रेनले तालिकामा जर्मनी बराबर ७ अंक जोडेको छ । स्पेन मात्र एक अंक माथि छ । करिब १५ हजार दर्शकलाई मैदान प्रवेशको अनुमती प्रदान गरिएको थियो । जसमा स्पेनका समर्थक धेरै थिए । एजेन्सी
प्रकाशित मितिः २०७७ असोज २८ बुधबार
Comments