काठमाडौँ । विश्वकप छनोटमा अर्जेन्टिनाले बोलिभियालाई २–१ ले हराएको छ । मंगलबार राति अर्जेन्टिनाले छनोट चरणको दोस्रो खेलमा बोलिभियालाई हराएको हो ।
अर्जेन्टिनालाई जित दिलाउन लौराटो मार्टिनेजले मुख्य भूमिका खेले । उनले एक गोल गर्नुका साथै एक गोलको अवसर सिर्जना गरेका थिए ।
मार्सेलो मोरिनोले २४ औं मिनेटमा बोलिभियालाई अग्रता दिलाएका थिए। पहिलो हाफको अन्तिम मिनेटमा लौराटो मार्टिनेजले अर्जेन्टिनाका लागि बराबरी गोल गरे ।
उनै मार्टिनेजको पासलाई सदुपयोग गर्दै जोकिन कोरीले अर्जेन्टिनाका लागि विजयी गोल गरे । समूह चरणमा अर्जेन्टिनाले दुई खेलबाट ६ अंक जोडेको छ । बोलिभिया अंक विहिन हुदै तालिकाको पुछारमा छ । एजेन्सी
प्रकाशित मितिः २०७७ असोज २८ बुधबार
Comments