काठमाडौं । विश्वकप छनोटमा ब्राजिलमा शानदार सुरुवात गरेको छ । शनिबार बिहान भएको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले बोलिभियालाई ५–० गोल अन्तरले हराएको हो ।
ब्राजिलको जितमा दुई गोल रोबर्टो फिर्मिन्होले गरे । मार्कुन्होस र फिलिप कौटिन्होले एक एक गोल गरे । ब्राजिलले एक आत्मघाति गोल उपहार पाएको हो ।
घरेलु टोली ब्राजिलले खेलको १६ औं मिनेटमा मार्कुन्होसको गोलमा अग्रता बनाएको थियो । ड्यानिलोले उपलब्ध गराएको बलमा मार्कुन्होसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
रोबर्टो फिर्मिन्होले ब्राजिलको अग्रता दोब्बर बनाए । रिनान लोडीको पासमा लिभरपुल स्टार फिर्मिन्होले ३० औं मिनेटमा ब्राजिलको अग्रता दोब्बर बनाएका थिए ।
५४ औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई ३–० को अग्रता दिलाएका थिए । नेयमारले डिबक्सभित्र उपलब्ध गराएको पासमा फिर्मिन्होले पोस्टको दिशा दिएका थिए ।
ब्राजिलले ६६ औं मिनेटमा आत्मघाति गोल उपहार पायो । कौटिन्होको डिबक्सभित्र निकालेको क्रसलाई कोलम्बियन डिफेन्डरले रोक्न खोज्दा आत्मघाति गोल हुन पुग्यो ।
७३ औं मिनेटमा कौटिन्होले हेडमार्फत गोल गर्दै ब्राजिललाई ५–० को जित दिलाए । नेयमारले निकालेको क्रसममा कौटिन्होले हेडमार्फत गोल गरेका थिए ।
जितसंगै ब्राजिलले छनोट प्रतियोगितामा शानदार सुरुवात गरेको छ । ब्राजिलले तालिकामा ३ अंक जोडेको छ । शनिबार बिहानै भएको अर्को खेलमा कोलम्बियाले भेनेजुयलालाई ३–० गोल अन्तरले हरायो । कोलम्बियाको जितमा लुइस मुरीलले दुई तथा डुभान जपताले एक गोल गरे ।
डुभान जपताले १६ औं मिनेटमा कोलम्बियालाई अ्रता दिलाएका थिए । लुइस मुरीलले २६ औं मिनेटमा कोलम्बियाको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा मुरीलले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बियालाई सहज अवस्थामा पुर्याएका थिए ।
विश्वकप छनोटको पहिलो खेलमा जित निकाल्दै कोलम्बियाले ३ अंक जोडेको छ । भेनेजुयलाले पहिलो खेलमै हार ब्यहोरेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ असोज २४ शनिबार
Comments