काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज चेन्नई सुपर किङ्स र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
शेख जायद क्रिकेट स्टेडियममा चेन्नई र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।
महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई तेस्रो खोजीमा हुने छ भने दिनेश कार्तिकको कप्तानीमा मैदान उत्रने कोलकत्ता पनि तेस्रो जितको खोजीमा हुनेछ ।
चेन्नई ५ खेलमा ४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । कोलकत्ता ४ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।एजेन्सी
प्रकाशित मितिः २०७७ असोज २१ बुधबार
Comments