काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज मुम्बई इण्डियन्स र सनराइजर्स हैदराबाद तथा चेन्नई सुपर किङ्ग्सविरुद्ध किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ ।
मुम्बई र हैदराबादबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ भने चेन्नई र पन्जाबबीचको खेल भने साँझ ७ः४५ बजे सुरु हुनेछ ।
सारजाह क्रिकेट मैदानमा साविक विजेता मुम्बई तेस्रो जितको खोजीमा हुनेछ । मुम्बईलाई हराएर हैदराबाद समेत तेस्रो जित निकाल्न चाहन्छ ।
मुम्बई ४ खेलमा २ जित र २ हारका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । समान खेलमा समान ४ अंक पाएको हैदराबाद नेट रन रेटको आधारमा मुम्बई भन्दा एक स्थान तल रहेको छ ।
यस्तै, दुबई क्रिकेट मैदानमा हुने दोस्रो खेलमा साविक उपविजेता चेन्नई र पन्जाब भिड्ने छन् । तालिकाको अन्तिमतर्फ रहेको दुबै टिम दोस्रो जितको खोजीमा हुने छन् ।
प्रकाशित मितिः २०७७ असोज १८ आइतबार
Comments