काठमाडौं । जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमुन्डले शानदार जित हात पारेको छ। शनिबार राति फ्रेइबर्गविरुद्ध भएको खेलमा डर्टमुन्डले ४–० को जित निकालेको हो।
घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा १–० ले अग्रता लिएको डर्टमुन्डले दोस्रो हाफमा ३ गोल गर्यो। डर्टमुन्डको जितमा इर्लिङ ब्राउत हालान्डले दुई तथा इम्री क्यान र फेलिक्स पासल्याकले एक–एक गरे।
जितसँगै डर्टमुन्ड ६ अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ। यसैबीच शनिबार नै भएको अर्को खेलमा आरबी लिपजिग साल्केलाई ४–० ले पराजित गर्दै अंक तालिकाको शीर्षस्थानमा पुगेको छ। लिपजिगतको लिगमा ७ अंक छ।
प्रकाशित मितिः २०७७ असोज १८ आइतबार
Comments