काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले बराबरी खेल्दै अंक बाडेको छ । शनिबार राति भएको खेलमा लिड्स युनाइटेडसँग १-१ गोलको बराबरी खेल्दै सिटीले अंक बाडेको हो ।
लिड्सको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा सिटीले बराबरी खेलेको हो । खेलको १७ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, खेलको ५९ औं मिनेटमा रोड्रिगो मोरेनोले गोल गर्दै लिड्सलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेको तीन मिनेटपछि नै रोड्रिगोले गोल गरेका हुन् ।
लिड्ससँगको बराबरीसँगै सिटीले ३ खेलमा ४ अंक जोडेको छ । सिटी लिगको दशौँ स्थानमा रहेको छ । लिड्स ४ खेलमा ७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ असोज १८ आइतबार
Comments