काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) ले दिल्ली क्यापिटल्सका कप्तान श्रेयर अयरलाई १२ लाख भारतीय रुपैँया जरिवाना गराएको छ । लिग अन्तर्गत गएराति सनराइजर्स हैदरावादविरुद्धको खेलमा ‘स्लो ओभर’ गरेको भन्दै उनलाई जरिवाना गरिएको हो ।
आयोजकले जारी गरेको विज्ञप्तिमा अयरको कप्तानीमा मैदानमा उत्रिएको दिल्लीले न्युनतम ओभर गति सम्बन्धि नियम उल्लंघन गरेको बताइएको छ ।
अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले १५ रनको पराजय बेहोरेको थियो । हैदरावादले दिएको १६३ रनको लक्ष्य पछ्एको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४७ रन मात्र जोड्न सकेको थियो ।
यसअघि पनि रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहलीलाई पनि यही नियम अनुसार जरिवाना गराइएको थियो । उनलाई किंग्स ११ पञ्जाव विरुद्धको खेलमा स्लो ओभरका लागि जरिवना गराइएको थियो। एजेन्सी
प्रकाशित मितिः २०७७ असोज १४ बुधबार
Comments