काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएलमा आज राजस्थान रोयल्स र कोलकता नाइट राइडर्सबीचको खेल हुने भएको छ । यूएईमा नेपाली समय अनुसार राति पौने ८ बजेदेखि खेल शुरु हुने छ । राजस्थान लगातार २ खेल जित्दै शीर्ष स्थानमा रहेको छ भने २ मध्ये एक खेल मात्रै जितेको कोलकता पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
गएराति भएको खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको थियो । हैदराबादले दिएको १ सय ६३ रनको लक्ष्य पाएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन मात्र बनायो । टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । जितसँगै हैदराबादले ३ खेलमा २ अंक जोडेको छ ।
आज हुने खेलमा राजस्थान तेस्रो जितको खोजीमा हुनेछन् । लिगको तेस्रो खेल खेल्न लागेको राजस्थान आजको खेलमा सहज जित निकाल्ने योजनमा छ । पहिलो खेलमा चेन्नई सुपर किङ्सलाई १६ रनले हराएको राजस्थानले दोस्रो खेलमा किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले हराएको थियो ।
यता चौथो खेल खेल्न लागेको पन्जाब एक खेलमा जित निकाल्दा दुई खेलमा पराजित भएको छ । पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको पन्जाब दोस्रो खेलमा रोयल्स च्यालेन्जर्स बैंगलोरविरुद्ध ९७ रनको फराकिलो जित निकालेको थियो । पन्जाबलाई लिगमा बलियो बन्न आजको खेलमा पनि जित निकाल्नुपर्नेछ । त्यसैले पन्जाब आजको खेलमा कुनै किसिमको गल्ती नदोहोर्याउने योजनामा छ ।
प्रकाशित मितिः २०७७ असोज १४ बुधबार
Comments