एजेन्सी, १८ पुस । इंग्लिस प्रिमियर लिग फुटवलमा आर्सनल तेश्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा क्रिष्टल प्यालेसलाई २ शुन्यले पराजित गर्दै आर्सनल तेश्रो स्थानमा उक्लिएको हो ।
आर्सनलको जीतमा गिरौड र इओवीले गोल गरे । आर्सनल १९ खेलबाट ४० अंकसहित तेश्रो स्थानमा र हारपछि क्रिष्टल प्यालेस रिलेगेशन जोन नजिक पुगेको छ । प्यालेस रेलिगेशन जोन भन्दा २ अंकमाथि छ । १९ खेल खेलेको प्लासेल १७ औं स्थानमा रहँदै १६ अंकका साथ अहिलेसम्म रिलेगशनबाट जोगिएको छ । अहिलेसम्म १४ अंक भन्दा तलका सन्डरल्याण्ड, हल सिटी र स्वान्सी रेलिगेशनमा छन् ।
आर्सनल तेश्रो स्थानमा उक्लियो
0
Share.
Comments