काठमाडौं । प्रिमियर लिगका १० जनामा कोरोना संक्रमण देखिएका छ । पछिल्लो चरणको परिक्षणमा ठुलो संख्यामा कोरोनाका संक्रमित पत्ता लागेका हुन् ।
कोरोनाको महामारीपछि सुरु भएको फुटबलमा पहिलो पटक ठुलो संख्यामा संक्रमित भेटिएका हुन् । पछिल्लो चरणसम्म १ हजार ५ सय ९५ जनामा क्लबका स्टाफमा परिक्षण गरिएको थियो । सेप्टेम्बर २१ देखि २७ सम्म गरिएको परिक्षण सो संंख्या पत्ता लागेको हो ।
परिक्षणको क्रममा पोजेटिभ आएको ब्यक्तिको परिचय खुलाईएको छैन । सबैलाई १० दिनकालागि एकान्तवासमा पठाईएको छ । प्रिमियर लिगका साप्ताहीक रुपमा सबै क्लबका स्टाफ र खेलाडीको परिक्षण गर्दै आएको छ ।
गत हप्ता वेस्ट ह्यामका प्रशिक्षक डेभिड मोयस सहित दुई खेलाडीमा कोरोनाको संक्रमण देखिएको थियो । लगत्तै तीनै जना एकान्तवासमा गएका थिए । सन् २०२०–२१ को सिजन सेप्टेम्बर १२ बाट सुरु भएको हो । एजेन्सी
प्रकाशित मितिः २०७७ असोज १३ मंलबार
Comments