काठमाडौं । साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वान फुटबलमा जित निकालेको छ । पीएसजीले रेइम्समाथि उसकै मैदानमा २-० को सहज जित निकालेको हो ।
इकार्डीले खेलमा दुई गोल गर्दा दुवै गोलमा फ्रान्सेली युवा स्टार किलियन एमबाप्पेले असिस्ट दिएका थिए । पहिलो हाफको नवौं मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६२ औं मिनेटमा इकार्डीले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २-० को जित दिलाए ।
जितसँगै पीएसजी ५ खेलबाट ९ अंक जोडेर सातौ स्थानमा रहेको छ । पराजित रेइम्स १ अंकसहति १९औं स्थानमा छ ।
प्रकाशित मितिः २०७७ असोज १२ सोमबार
Comments