जनकपुरधाम । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रदेश नम्बर २ मा प्रदेशस्तिरीय एन्फा समिति गठन गरेको छ।हिजो (शनिबार) सम्पन्न एक बैठकमा नेपाल कार्कीको अध्यक्षतामा नयाँ समिति बनाइएको हो।
एन्फा केन्द्रय अध्यक्ष कर्माछिरिङ शेर्पा वरिष्ठ उपाध्यक्ष शिक्षित पराजुलीको रोहबरमा नयाँ समिति निमार्ण गर्दा नेपाल कार्की निर्विरोध अध्यक्ष बनेका हुन्।
त्यस्तै, विजय कुमार गुप्ता वरिष्ठ उपाध्यक्षमा चयन भएका छन् भने रामचन्द्र लामा, सुमन कुमार श्रेष्ठ, अमर खवास र रमेशकुमार श्रेष्ठ उपाध्यक्षमा चयन भएका छन्। तदर्थ समितिको महासचिवमा सुरेश ठाकुर र काषाध्यक्षमा ठाकुर बाहदुर सुसलिङ चयन भएका छन्।
प्रकाशित मितिः २०७७ असोज ११ आइतबार
Comments