काठमाडौं । १३ औं संस्करणको इन्डियन प्रिमियर लिगमा आज (शुक्रबार) नेपालका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटलले तीन पटकको विजेता चेन्नई सुपर किंग्स(सीएसके)सँग खेल्दैछ।
एक खेल जितेर समान २–२ अंक बनाएका दुवै टिमले आज बराबरीको अवस्थामा खेल्नेछन्। तर बलियो पञ्जावसँग पछिल्लो खेलमा सुपर ओभरमा मात्र जित निकालेको दिल्लीका लागि चेन्नई अर्को बलियो प्रतिस्पर्धि हो।
यता, चेन्नईबाट आईपीएलमा उच्च स्कोर बनाएका सुरेश रैना र सबैभन्दा धेरै विकेट लिने हरभजन सिंह टिममा नरहँदा उसलाई पनि दिल्लीको टिम कष्टपूर्ण हुनेछ। दुई खेलमध्ये एउटामा पराजित चेन्नईलाई यो खेल थप चुनौतिको विषय छ।
आजको खेलमा चेन्नईका कप्तान महेन्द्र सिंह धोनी र शिखर धवन केन्द्रमा रहनेछन्। यदी आजको खेलबाट धोनीले दुई छक्का थप्न सके उनी आईपीएलमा सबैभन्दा धेरै छक्का हान्ने दोस्रो खेलाडी बन्नेछन्। पहिलो भने क्रिस गेल हुन्।
तीन पटक (२०१०, २०११ र २०१८)को च्याम्पियन सीएसकेले आजको खेलमा जित निकाल्न सके ३ टिमलाई १५ पटकभन्दा धेरै पटक हराउने दोस्रो टिम बन्नेछ। यसअघि मुम्बईले मात्र ३ टिमलाई १५ पटक भन्दा धेरै हराएको छ।
चेन्नई सुपर किंग्स ८ पटक आईपीएल फाइनल पुगेको छ भने दिल्ली क्यापिटलले आजसम्म फाइनल खेलेको छैन। दुबईको रंगशालामा भने यि दुईटिम पहिलोपटक भिड्न लागेका हुन्।
प्रकाशित मितिः २०७७ असोज ०९ शुक्रबार
Comments