काठमाडौं । म्यान्चेष्टर युनाईटेड कारबाओ कपको अघिल्लो चरणमा प्रवेश गरेको छ । मंगलबार राति च्याम्पियनसिप क्लब लुटोन टाउनलाई ३–० ले हराउँदै युनाईटेड अघिल्लो चरणमा प्रवेश गरेको हो ।
४४ औं मिनेटमा माटाको पेनाल्टी गोलमा युनाईटेडमा खेलमा अग्रता बनाएको थियो । खेल सकिन दुई मिनेट बाँकी छदाँ मार्कस राष्फोर्डले युनाईटेडको अग्रता दोब्बर बनाएका थिए ।
दोस्रो हाफको इन्जुरी समयमा मासन ग्रीनउडले गोल गर्दै युनाईटेडलाई सहज जित दिलाए । युनाईटेडबाट डेब्यु गरेका गोलकिपर डिन हेन्डरसनले शानदार प्रर्दशन गरे । उनले लुटोनका गोलका निश्चित अवसरलाई विफल बनाएका थिए ।
प्रिमियर लिगको पहिलो खेलमा युनाईटेड घरेलु मैदानमा क्रिस्टल प्यालेससंग ३–१ ले पराजित बनेको थियो । उसले कारबाओ कपको दोस्रो चरणको ुड्रुमा १० खेलाडी परिवर्तन गरेका थिए । उनले ह्यारी मग्वायरलाई मात्र च्याम्पियनसिप क्लबबिरुद्ध मैदान उतारेका थिए ।
गोलकिपर हेन्डरसनले सेफिल्ड युनाईटेडमा लोनमा दुई सिजन बिताएका थिए । उनी पुनस् युनाइटेड फर्किएका हुन् । घरेलु कप प्रतियोगितामा उनले शानदार प्रर्दशन गरे । युनाईटेडले अब प्रिमियर लिग फुटबलमा शनिबार ब्राइटोनसंग प्रतिस्पर्धा गर्नेछ । एजेन्सी
प्रकाशित मितिः २०७७ असोज ०७ बुधबार
Comments