काठमाडौं। बोरुसिया डर्टमण्डका फरवार्ड इर्लिङ हाल्याण्डले जाडोन साञ्चो क्लबमै बस्ने विश्वास ब्यक्त गरेका छन् । प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाइटेडसंग जोडिएका साञ्चो जर्मन क्लबमै बस्ने हाल्याण्डको विश्वास छ ।
साञ्चो पछिल्लो समय प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाइटेडसंग जोडिएका छन् । तर प्रक्रियाले अन्तिम रुप पाउन सकेको छैन । डर्टमण्डले इङ्ल्याण्डका विङ्गरका लागि प्रस्ताव गरेको १ सय ८ मिलियन पाउण्ड रकम तिर्न युनाइटेड अनिच्छुक छ ।
‘मलाई लाग्छ, पुरै प्रि–सिजनमा साञ्चो धेरै राम्रो भएका छन् ।’ हाल्याण्डले भने । उनी यस सिजन हाम्रा लागि महत्वपूर्ण खेलाडी हुन् । उनले थपे । युनाइटेडसंग जोडिएको सन्दर्भमा हाल्याण्डले भने, त्यो केही चिज हैन, जसमा म सहभागी हुँ ।
उनीनै यसका लागि जिम्मेवार छन् । म यस बिषयमा धेरै टिप्पणी गर्न चाहन्न । उनले थपे । तर यदी उनी बन्छन् भने म धेरै खुसी हुन्छु । किनकी उनी राम्रो साथीसंगै राम्रो खेलाडी पनि हुन् । हाल्याण्डले भने ।
साञ्चोले डर्टमण्डका लागि सय खेलमा ३५ गोल गर्नुका साथै ४४ गोलको अवसर सिर्जना गरेका छन् । पछिल्लो हप्तामात्र जर्मन कपमा साञ्चोले गोल गरेका थिए ।
डर्टमण्डले शनिबारबाट बुन्डेसलिगाको सिजन सुरुवात गर्दैछ । उसले घरेलु मैदानमा बोरुसिया मोन्चेनग्ल्याडवाचसंग खेल्दै नयाँ सिजनको सुरुवात गर्दैछ । हाल्याण्डले गत सिजन डर्टमण्डका लागि डेब्यु सिजनमा १८ खेलमा १६ गोल गरेका थिए । एजेन्सी
प्रकाशित मितिः २०७७ असोज ०२ शुक्रबार
Comments