काठमाडौं। युरोपा लिग फुटबलको प्लेयर अफ दि सिजन अवार्डको मनोनयन सार्वजनिक भएको छ । युरोपा लिगले बिहीबार सार्वजनिक गरेको मनोनयनमा तीन खेलाडी परेका छन् ।
मनोनयनमा च्याम्पियन टिम सेभियाका इभर बेनेगा, इन्टर मिलानका रोमेरो लुकाकु र म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेस रहेका छन् । अवार्ड विजेताको घोषणा च्याम्पियन्स लिग र युरोपा लिगको ड्र सार्वजनिक गरिने कार्यक्रममा हुनेछ । जुन अक्टोबर २ मा हुनेछ ।
प्रकाशित मितिः २०७७ असोज ०२ शुक्रबार
Comments