काठमाडौं । गत आइतबार मोटरसाइकल दुर्घटनामा घाइते भएका राष्ट्रिय क्रिकेटर ललित सिंह भण्डारीको बिहीबार शल्यक्रिया गरिने भएको छ । ललितको हाल काठमाडौंको टोखास्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । क्रिकेट खेलाडी संघ नेपाल सिप्यानका अध्यक्ष मनिषराज पाण्डेले ललितको शल्यक्रिया आज हुने जानकारी दिएका छन् ।
सोमबार काठमाडौं ल्याइ ग्राण्डीको आईसीयुमा उपचार सुरु गरिएका ललितको स्वास्थ्यमा क्रमिक सुधार भएकोले आज शल्यक्रिया गर्न लागिएको हो । दुर्घटनामा उनको दायाँ हा र दायाँ खुट्टा भाँचिएको छ । यस्तै कलेजोमा पनि चोट लागेको छ ।
आइतबार कञ्चनपुरको झलारीमा ट्रकले ठक्कर दिँदा ललित गम्भीर घाइते भएका थिए । त्यसपछि उनलाई धनगढीको निसर्ग अस्पताल र बाँकेको कोहलपुर मेडिकल कलेजमा सामान्य उपचारपछि काठमाडौं ल्याइएको हो ।
प्रकाशित मितिः २०७७ असोज ०१ बिहिबार
Comments