काठमार्डौ । फ्रेन्च लिग वान फुटबलमा लियोन पराजित भएको छ । मंगलबार राति भएको खेलमा लियोन मोन्टपेलीएसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा ३८ औं मिनेटमा टेजी साभानियरको गोलबाट मोन्टपेलीएले सुरुवाती अग्रता बनाएको थियो । ४४ औं मिनेटमा हौसेम आउरले दोस्रो पहेलो कार्डसहित रातो कार्ड पाउँदा लियोन पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो ।
खेलको ५९ औं मिनेटमा साभानियरले व्यक्तिगत दोस्रो गोल गर्दै मोन्टपेलीएलाई २-० को अग्रता दिलाए । एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ ३१ बुधबार
Comments