काठमाडौं । नाओमी ओकासाका यूएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् । दुई पटककी ग्रान्डस्लाम विजेता ओकासाले महिला स्पर्धाको फाइनलमा स्थान सुरक्षित गरेकी हुन् ।उनले अमेरिकी खेलाडी जेनिफर ब्रेडीलाई ७–६ ९७–१०, ३–६, ६–३ को सेट मा पराजित गरिन ।
ओसाकाले सन् २०१८ को उपाधि समेत जितेकी थिईन् । २२ बर्षकी ओसाकाले सेरेना विलियम्स र भिक्टोरिया अजारेन्कासंग उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्नेछिन् । पुराना चिरप्रतिद्धन्दी सेरेना र भिक्टोरिया यूएस ओपन टेनिसको सेमिफाइनलमा भिडेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ २६ शुक्रबार
Comments