काठमाडौ । सेरेना विलियम्स यूएस ओपन टेनिसको सेमिफाइनलबाट बाहिरिएकी छिन् । न्युयोर्कमा भएको सेमिफाइनलमा बेलारुसकी भिक्टोरिया अजारेन्कासँग पराजित हुँदै सेरेना बाहिरिएकी हुन् ।
ब्मक दथ ब्मःबलब।लभत
पहिलो सेट जितेपनि त्यसपछिका दुई सेट गुमाउदा ६ पटकको च्याम्पियन सेरेना पराजित भईन् । २४ पटकको ग्राण्डस्लाम विजेता सेरेनाले पहिलो सेट ६(१ ले आफ्नो बनाएकी थिइन् । तर, त्यसपछिका सेटमा ६-३ र ६-३ ले पराजित भईन् ।
अब अजारेन्काले उपाधिका लागि जापानी खेलाडी नाओमी ओसाकासँग खेल्ने छिन् । ओसाकाले अमेरिकी खेलाडी जेनिफर ब्रेडीलाई ७–६ ९७–१०, ३–६, ६–३ को सेट मा पराजित गर्दै फाइनल पुगिसकेकी छिन् । एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ २६ शुक्रबार
Comments