काठमाडौं । नाओमी ओसाका यूएस ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेकी छिन् । १८ वर्षीया युक्रेनी खेलाडी मार्टा कोस्त्युकमाथि ६–३, ६–७ (४–७) ६–२ को जित निकाल्दै ओसाका प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेकी हुन् ।
सन् २०१८ की च्याम्पियन ओसाकाले १४ औं वरियताकी एनेट कोन्टेविटसंग प्रतिस्पर्धा गर्नेछिन् । चोटका कारण विश्व वरियतामा नवौं नम्बरमा रहेकी खेलाडी ओसाकाले पछिल्लो हप्ता वेस्टर्न र सदर्न ओपनको फाईनलबाट बाहिर रहेकी थिईन् ।
महिलातर्फ सन् २०१६ की च्याम्पियन एन्जेलिक कर्बरले एन लीमाथि ६–३ र ६–४ को सेटमा जिते निकालिन् । उनले २८ औं वरियताकी अमेरिकन खेलाडी जेनिफर ब्रेडीसंग खेल्नेछिन् । जेनिफरले फ्रान्की क्यारोलिनी गार्सियालाई ६–३ र ६–३ को सेटमा पराजित गरेकी थिईन् । एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ २० शनिबार
Comments