काठमाडौं। इटालियन क्लब एसी मिलानले रियाल मड्रिडका अट्याकिङ मिडफिल्डर ब्राहिम डियाजलाई भित्र्याएको छ।
क्लबले २१ वर्षीय डियाजलाई आगामी सिजनको लागि लोनमा अनुबन्ध गरेको हो।
म्यानचेस्टर सिटीका पूर्वखेलाडी डियाज गत बुधबार इटाली पुगेका थिए र सिरी ए क्लबबाट २०२०(२१ को सिजन खेल्न सम्झौता गरेको क्लबले जनाएको छ। उनी त्यहाँ ३० जुन २०२१ सम्म रहने क्लबले जनाएको छ। क्लबले उनलाई २१ नम्बरको जर्सी दिने भएको छ।
डियाज २०१९ को जनवरीमा म्यानचेस्टर सिटीबाट रियालमा ६ वर्षको सम्झौता गरेर सरूवा भएका थिए। तर, उनले रियालबाट नियमित खेल्ने अवसर पाउन संघर्ष गर्नुपरेको थियो। त्यसअघि उनी २०१५ मा अर्को लालिगा क्लब मलागाबाट सिटीसँग अनुबन्ध भएका थिए। एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ २० शनिबार
Comments