काठमाडौं । प्रिमियर लिग क्लब फुलहमले मुख्य प्रशिक्षक स्कट पार्करको सम्झौता नवीकरण गरेको छ । क्लबलाई प्रिमियर लिगमा बढुवा गराउन सफल भएपछि फुलहमले प्रशिक्षक स्कटको सम्झौता नवीकरण गरेको हो । ३९ वर्षीय प्रशिक्षकले क्लबसँग तीन वर्षको नयाँ सम्झौता गरेका छन् ।
इंग्ल्यान्डका पूर्व मिडफिल्डर समेत रहेका स्कट सन् २०१९ मा फुलहमको केयर टेकर प्रशिक्षक नियुक्त भएका थिए । मुख्य प्रशिक्षक क्लाउडियो रानिएरीलाई बर्खास्त गरेपछि फुलहमले उनलाई केयर टेकर प्रशिक्षक चयन गरेको थियो । अब फुलहमले स्कटको नेतृत्वमा प्रिमियर लिग खेल्ने छन् ।
फुलहम च्याम्पियनसिपको प्ले अफमा ब्रेन्टफोर्डलाई हराएर प्रिमियर लिगमा फर्किएको हो ।फुलहम एक सिजनपछि नै प्रिमियर लिग फर्किएको हो । एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ १८ बिहिबार
Comments