काठमाडौं । इटालियन क्लब युभेन्ट्सले इंग्ल्यान्डका युवा फरवार्ड स्यामुएल जुनियरलाई अनुबन्ध गरेको छ । १६ वर्षीय फरवार्डलाई युभेन्ट्सले चेल्सीबाट अनुबन्ध गरेको हो । युवा फरवार्ड स्यामुएलको यो पहिलो व्यवसायिक सम्झौता हो ।
चेल्सीले स्यामुएललाई क्लबमा राख्न प्रयास गरेको थियो । तर, स्यामुएलले सिरी ए च्याम्पियन युभेन्ट्स रोजेका हुन् । स्यामुएल गत जुलाईबाट नै युभेन्ट्सको ट्रेनिङमा सहभागी भईसकेका छन् ।उनले इंग्ल्यान्डको यू-१६ र यू-१७ टोलीबाट खेलिसकेका छन् ।
यस्तै युभेन्ट्सले फ्रान्सका अर्का १६ वर्षीय डिफेन्डर फेलिक्स बिकिनलाई पनि अनुबन्ध गरेको छ । युभेन्ट्सले फेलिक्सलाई अमिन्सबाट क्लबमा भित्र्याएको हो । एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ १७ बुधबार
Comments