काठमाडौं । म्यान्चेष्टर युनाइटेडका फरवार्ड मासन ग्रिनउडले इङ्ल्याण्डको राष्ट्रिय टिमबाट कीर्तिमान तोड्न चाहेको बताएका छन् ।पहिलो पटक इङ्ल्याण्डको राष्ट्रिय टिममा परेका ग्रिनउडले इङ्लिस टिमबाट कीर्तिमान तोड्दै आफुलाई सधैका लागि सम्झनलायक बनाउन चाहेको बताएका हुन् ।
नेसन्स लिग फुटबलमा राष्ट्रिय टिममा छनोट भएपछि १८ बर्षिया फरवार्डले सपना वास्तविकतामा परिणत भएको बताए । इङ्ल्याण्डले शनिबार आइसल्याण्ड र तीन दिनपछि डेनमार्कसंग नेसन्स लिग फुटबलमा प्रतिस्पर्धा गर्दैछ ।
युनाइटेडबाट गत सिजन सबै प्रतियोगितामा १७ गोल गरेका ग्रिनउड इङ्ल्याण्डको टिममा समावेश भएका हुन् । ‘कुनैपनि युवा फुटबलरले कीर्तिमानहरु तोड्न चाहन्छ ।’ उनले भने ।
‘यदी तिमी सक्दैनौ भने त्यहाँ केही गलत भईरहेको छ ।’ ग्रिनउडले थपे । ‘मात्र तिमी त्यहाँ जाउँ । आफ्नो सर्वश्रेष्ठ प्रर्दशन गर, कीर्तिमान तोड र सधैका लागि यादमा बस ।’ ग्रिनउडले भने । उनले प्रिमियर लिगमा आफुले नसोचेको अवसर र नतिजा पाएको बताए ।
‘खेल धेरै छिटो हुने गर्छ । तपाई सबै समय सतप्रतिशत ध्यान केन्द्रित गर्न आवश्यक छ ।’ उनले भने, ‘सम्पूर्ण परिवार मेरा लागि उत्साहीत थिए । र यो एक सपना पुरा भए जस्तै हो ।’
‘सबै चाँडै भयो । तपाइलाई कुनैपनि समय बोलाउन सक्छ । र मलाई सिजनको सुरुवातमा केही युरोपा लिगको खेलका लागि बोलाईएको थियो । सबै खेललाई अवसरको रुपमा लिए । जसरी अवसर आयो, मैले आफ्नो फुटबल खेले ।’ ग्रिनउडले भने ।
ग्रिनउडले युनाइटेडका प्रशिक्षक आले गुनर सोल्सायरसंगको सहकार्य निकै रमाइलो रहेको बताएका छन् । ‘आले मेरो खेलको ठुलो भाग हुन् । उनले मलाई बुझ्नका लागि मदत गरे कि म कहाँ छु । सबैलाई सावित गर्नका लागि अवसर दिए ।’ उनले भने ।
ग्रिनउडले भने, ‘म धन्य छु, उनी यहाँ छन् । उनी राम्रा म्यानेजर हुन् । जब उनी मसंग कुराकानी गर्छन्, म सधै सुन्ने गर्छु । सुझावलाई लिने गर्छु ।’ ग्रिनउडले यसअघि इङ्ल्याण्डको यू–१७, यू–१८ र यू–२१ बाट खेलिसेकका छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ १७ बुधबार
Comments