काठमाडौं। नयाँ सिजनको स्पेनिस ला लिगाको खेल तालिका सार्वजनिक भएको छ । स्पेनिस फुटबल फेडेरेसनले सोमबार खेल तालिका सार्वजनिक गरेको हो ।
उक्त तालिकाअनुसार १२ सेप्टेम्बरबाट ला लिगा सुरु हुनेछ । खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले पहिलो खेलमा गेटाफेसँग खेल्नुपर्ने भए पनि सो खेल स्थगित भएको छ ।
कोरोना महामारीका कारण सो खेल फेब्रुअरी वा मार्चमा हुने भएको छ ।
यस्तै बार्सिलोना र नवप्रवेशी क्लब इल्च तथा एथ्लेटिको मड्रिड र सेभिल्लाबीचको खेल पनि स्थगित भएको छ ।
सेभिल्ला र एथ्लेटिकोबीचको खेल १२ जनवरी २०२१ मा हुनेछ भने बार्सा र इन्चबीचको खेल फेब्रुअरी वा मार्चमा नै हुने जनाइएको छ ।
यसैले नयाँ सिजनको पहिलो खेलमा रियलले रियल सोसिडाड तथा बार्सिलोनाले भिल्लारियलसँग खेल्नेछ ।
अक्टोबरमा ‘एल क्लासिको’
यस सिजनको पहिलो एल क्लासिको अक्टोबरको चौथो साता हुनेछ । २५ अक्टोबरमा हुने पहिलो एल क्लासिको बार्सिलोनाको मैदान क्याप नोउमा हुनेछ ।
यस्तै दोस्रो एल क्लासिको अप्रिल २०२१ मा हुने रियल मड्रिडको मैदान सान्टियागो बर्नाबेउमा हुनेछ । एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ १६ मंगलबार
Comments