काठमाडौं । लियोनल मेस्सीको बार्सिलोनासंग विवाद बढ्ने संकेत देखिएको छ । मेस्सीले प्रशिक्षण अघि कोरोना परिक्षण गर्न अस्विकार गरेसंगै क्लबसंग विवाद बढ्ने संकेत देखिएको हो ।
मेस्सीले आइतबार हुने खेलाडीको पीसीआर परिक्षणमा आफु सहभागी नहुने बताएका छन् । बार्सिलोनाले मेस्सीको भविष्यको बिषयमा छलफल गर्ने प्रस्ताव अस्विकार गरेको थियो । मेस्सीले मंगलबार आफुले क्लब छाड्ने निर्णय सुनाएका थिए ।
नयाँ प्रशिक्षक रोनाल्ड कोम्यान नेतृत्वको बार्सिलोनाले सोमबारबाट प्रशिक्षण थाल्दैछ । मेस्सीले परिक्षण अस्विकार गरेसंगै बार्सिनोला दबाबमा परेको छ । विवाद जारी रहेको अवस्थामा पनि मेस्सी प्रशिक्षणमा फर्कने क्लबको अपेक्षा थियो ।
अर्जेन्टिनी फरवार्ड एक आधिकारिक हस्तान्तरणको अनुरोध क्लबमा पेश गरिसकेको बताउँछन् । उनले बार्सिलोनामा आफ्नो समय समाप्त भएको दाबी गरेका छन् ।
उनले क्लबसंग अघि बढ्ने सम्भावना नरहेको उल्लेख गर्दै यस समर ट्रान्सफरमा नाउ क्याम्पबाट बिदा गर्न माग गरेका छन् ।
बार्सिलोनाले भने यस समर ट्रान्सफरमा मेस्सीले क्लब छाड्न नसक्ने बताएको छ । मेस्सी अनुबन्धनका लागि ७ सय मिलियन युरो रिलिज क्लज तिर्नुपर्ने बार्सिलोनाको माग छ ।
क्लबका खेल निर्देशक रोमन प्लान्सले बार्सिलोनाका कप्तान आफुसंग सम्पर्कमा रहेको उल्लेख गर्दै क्लबसंग मेस्सीको सम्झौता यथावत रहेको बताएका थिए । एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ १४ आइतबार
Comments