काठमाडौँ । लियोनेल मेसी बार्सिलोनाबाट राम्रो सम्बन्धसहित बाहिरिन चाहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
गोल डटकमका अनुसार मेसीले बार्सिलोनाको बोर्डका सदस्यलाई भेटेर राम्रो सम्बन्धसहित बाहिरिने तयारी गरेको उल्लेख गरेको छ ।
बार्सिलोनामा २० बर्ष बिताएका मेसी क्लबको एकेडेमी ला मासियाका उत्पादन हुन् भने एकेडेमीबाट विश्वकै उत्कृष्ट खेलाडीको यात्रा तय गरेका छन् ।
मेसीको बार्सिलोनाको सम्बन्ध नेइमार प्रकरणदेखि बिग्रिएको बताइएको छ । नेइमारलाई बार्सिलोना फर्काउने विषयमा मेसी र बार्सिलोनाका अध्यक्ष जोफेप मारिया बार्टोमेउको मत माझिएको र म्यानेजर इर्नेष्टो भालभेर्ड़ोलाई बर्खास्त गर्ने विषयमा समेत दुवैको फरक मत रहेको बताइएको छ ।
मेसीले बार्सिलोनालाई आफुले क्लब छोड्ने सूचना दिदा मेसीले आफ्नो रिलिज क्लजका विषयमा कडा रुपमा प्रस्तुत हुने रणनिति बनाएको र बर्सिलोनाबाट निशुल्क ट्रान्सफरमा बाहिरिने रणनिति बनाएको भएपनि अहिले भने उनी क्लबसँग छलफल गरेर राम्रो सम्बन्ध कायम राख्दै बाहिरिने सोच बनाएको बताइएको छ ।
साथै मेसीले सार्बजनिक रुपमा क्लबलाई नराम्रो देखाएर बाहिरिन नचाहेको मिडिया रिपोर्टमा उल्लेख छ । मेसीको समर्थनमा बार्सिलोना क्लब अगाडी प्रदर्शन भइराखेकाले मेसीले केहि सुनिस्चित घटनाक्रमपछि फ्यानहरुलाई सम्बोधन गर्ने बताइएको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ १३ शनिबार
Comments