काठमाडौं । जापानी टेनिस खेलाडी नाओमी ओसाका वेस्टर्न एण्ड साउदर्न सिनसिनाटी ओपनको फाइनलमा प्रवेश गरेकी छिन् । अमेरिकाको न्युयोर्कमा शुक्रबार राति भएको सेमिफाइनल बेल्जियमकी एलिस मेर्टेन्सलाई हराएर ओसाका उपाधि नजिक पुगेकी हुन् ।
चौंथो वरियताकी ओसाकाले मेर्टेन्सलाई ६-२ र ७-६ ९७-५० को सेटमा पराजित गरिन् । अब उपाधिका लागि ओसाकाले जोहान्ना कोन्टा र भिक्टोरिया अजेरिन्काबीचको विजेतासँग खेल्ने छिन् ।
यस अघि ओसाकाले अमेरिकाका एक अश्वेत नागरिकमाथि गोली प्रहारको विरोधमा सेमिफाइनल खेल खेल्न अस्विकार गरेकी थिइन् । अमेरिकाको विस्कन्सिन राज्यमा आइतबार प्रहरीले अश्वेत नागरिक ज्याकोब ब्लेकलाई गोली प्रहार गरेका थिए ।
जसको विरोधमा खेलाडीहरु आन्दोलित भएका थिए । तर, अश्वेतविरुद्ध आवाज बुलन्द बनाउनका लागि खेल खेल्ने निर्णय गरेको ओसाकाले बताएकी छिन् । उनले ब्लाक लाइभ्स म्याटर लेखेको टिसर्ट समेत लगाएकी थिइन् ।
प्रकाशित मितिः २०७७ भदौ १३ शनिबार
Comments