काठमाडौं । युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोले ‘युईएफए गोल अफ दि सिजन’ अवार्ड जितेका छन् । युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले बिहीबार घोषणा गरेको च्याम्पियन्स लिगको ‘गोल अफ दि सिजन’ मा रोनाल्डोले अवार्ड जितेका हुन् ।
च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत लियोनविरुद्धको दोस्रो लेगमा रोनाल्डोले गरेको गोल उत्कृष्ट बनेको हो । उनले बक्स बाहिबरबाट देब्रे खुट्टाले हानेको ‘रकेट सट’ वाला गोललाई फ्यानहरुले सिजनकै बेस्ट गोलमा छोनका हुन् । रोनाल्डोले २५ मिटर दूरीबाट हानेको रकेट सटले सोझे जाली चुमेको थियो ।
यस अवार्ड जित्ने क्रममा रोनाल्डोले आरबी लाइपजिगका मार्सल साबिट्जरलाई पछि पारेका हुन् । अवार्ड जित्ने क्रममा रोनाल्डोको गोलले सर्वाधिक मत प्राप्त गरेको थियो । उक्त अनलाइन भोटिङमा रोनाल्डोले सबैभन्दा धेरै ४ लाखभन्दा बढी भोट पाएर ‘गोल अफ् द टुर्नामेन्ट’को अवार्ड जित्न सफल भए । रोनाल्डोले ४ लाखभन्दा बढी भोट पाउँदा उनीपछि दोस्रो बढी भोट मात्रै २३ हजार रहेको छ ।
यसपटक ‘गोल अफ् द टुर्नामेन्ट’का लागि रोनाल्डोसहित स्पेनिस बार्सिलोनाका लुइस स्वारेज, जर्मन क्लब बार्यन म्युनिखका सेर्गे गेनाब्री, युभेन्टसकै जुआन काउडराडो, र जर्मन क्लब आरबी लेइपजिगका मार्सेल साबिज्टारको गोल मनोनयनमा परेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ १२ शुक्रबार
Comments