काठमाडौं । बेलायती नम्बर एक टेनिस खेलाडी जोहान्ना कोन्टा वेस्टर्न एण्ड साउदर्न सिनसिनाटी ओपनको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।
न्युयोर्कमा जारी प्रतियोगिताको तेस्रो चरणमा रसियन खेलाडी भेरा जेभोनारेभालाई पराजित गर्दै कोन्टा क्वाटरफाइनलमा प्रवेश गरेकी हुन् ।
२९ वर्षीय कोन्टाले साविक विजेता समेत रहेको भेरालाई ६-४ र ६-२ को सेटमा पराजित गरिन् । आठौं वरियताकी कोन्टाले भेराविरुद्ध जित निकाल्न एक घण्टा २१ मिनेटको समय निकालिन ।
कोन्टाले अब अमेरिकी खेलाडी सेरेना विलियम्ससँग खेल्ने छिन् । सेरेनाले ग्रिककी मारिया साक्करीलाई पराजित गरिन् ।
पूर्व विश्व नम्बर समेत रहेकी सेरेनाले मारियालाई ७-५, ६-७ र ६-१ को सेटमा पराजित गरिन् । पुरुषतर्फ विश्व नम्बर एक नोभाक जोकोभिकले क्वाटरफाइनलमा स्थान बनाएका छन् । सर्बियन खेलाडी जोकोभिकले टेनी स्यान्डग्रेनलाई ६-२ र ६-४ ले पराजित गरे ।
बेलायती खेलाडी एन्डी मर्रे भने तेस्रो चरणबाट बाहिरिएका छन् । तेस्रो चरणमा मर्रे क्यानाडाका मिलोस राओनिकसँग ६-२ र ६-२ को सेटमा पराजित भए । एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ १० बुधबार
Comments