काठमाडौं । क्यारेबिन प्रिमियर लिग सीपीएलटी–ट्वान्टी क्रिकेटमा नेपालका सन्दीप लामिछानेले उत्कृष्ट बलिङ प्रर्दशन गरेका छन् ।शनिबार राति गुएना अमेजन वारियर्सबिरुद्ध सन्दीपले जमैकाबाट किफायती बलिङ गर्दै दुई विकेट लिएका हुन् ।
सन्दीपले ४ ओभर बलिङ गर्दै ८ रन खर्चिएर २ विकेट लिए । उनले शेरफेन रदरफोर्डलाई ६ रनमा पोविलियनको बाटो देखाए भने क्रिस ग्रिनलाई २ रनमा बोल्ड गरेका थिए ।
सन्दीपले किफायती बलिङ गरेसंगै गुएनाले जमैकालाई १ सय १९ रनको लक्ष्य प्रस्तुत गरेको छ । उसले निर्धारित ओभरमा ५ बल बाँकी छदै अलआउट भएर १ सय १८ रन बनायो ।
गुएनाकातर्फबाट ब्रान्डन किंगले सर्वाधिक २९ रन बनाए । अन्यले उल्लेख्य प्रर्दशन गर्न सकेनन् । उनको टिम जमैकाले टस जितेर सुरुमा फिल्डिङ गर्ने निर्णय गरेको हो ।
पहिलो खेलमा सन्दीपले ट्रिनबागोबिरुद्ध ४ ओभर बलिङ गरेर २३ रन खर्चिदै १ विकेट लिएका थिए । दोस्रो खेलमा सेन्ट लुसिया जोउक्सबिरुद्ध ४ ओभरमा ३० रन खर्चिएर १ विकेट हात पारेका थिए।
सन्दीपल लगातार तेस्रो सिजन सीपीएल खेल्दैछन् । कोरोना महामारीका कारण सीपीएलका खेल बन्द रंगशालामा सञ्चालन भईरहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ ७ आइतबार
Comments