काठमाडौं । स्पेनको राष्ट्रिय फुटबल टिमका प्रशिक्षक लुईस एनरिकेले नेश्नल लिगको खेलका लागि टोलीको घोषणा गरेका छन् ।
युवा खेलाडीलाई समावेश गर्दै एनरिकेले नेश्नल लिग अन्तर्गत जर्मनी र युक्रेनबिरुद्धको खेलका लागि टोली घोषणा गरेका हुन् ।
एनरिकेले बार्सिलोनाका १७ बर्षका युवा स्टार अंशु फातीलाई टोलीमा समावेश गरेका छन् । फातीले बार्सिलोनामा पहिलो सिजन निकै राम्रोसंग बिताएका थिए । यस्तै, एनरिकेले म्यानचेष्टर सिटीका १९ बर्षका युवा डिफेन्डर ईरिक गार्सियालाई समेत पहिलो टिममा समावेश गरेका छन् ।
एनरिकेले रियल मड्रिडका सर्जियो रेगुइलन र लाइपजिगका डानी ओल्मोलाई समेत टिममा समावेश गरेका छन् । उनले अर्को बर्षको युरो कपका लागि टिम निर्माण गर्ने उद्धेश्य अनुरुप युवा खेलाडीलाई राष्ट्रिय टिममा मौका दिएका छन् । कोरोना भाईरसको कारण युरोकप अर्को बर्ष सरेको छ ।
उल्भ्सका अनक्याप खेलाडी एडम ट्रेयर र रियल मड्रिडका स्टारलेट ओस्कार समेत टिममा परेका छन् । ओस्कार भर्खरैमात्र लेगानेसमा ऋणमा खेलिरहेका छन् ।
स्पेनको टिममा म्याष्चेष्टर सिटीका नयाँ अनुहार फेरान टोरेस पनि परेका छन् । उनी भ्यालेन्सियाबाट हालै ३७ मिलियन पाउण्डमा सिटी गएका छन् । यस्तै, बिल्बाओका गोलकिपर उनाई सिमोन समेत स्पेनिस टिममा परेका छन् ।
प्रशिक्षक एनरिकेले यस सिजन केही ठुला गल्ती गरेका म्यान्चेष्टर सिटीका डेबिड डी गिया र चेल्सीका किपा एरिजाब्लागालाई टिममा राखेका छन् । दुवै खेलाडीको भविष्य पछिल्लो समय अनिश्चित देखिएको छ । किपालाई चेल्सी प्रशिक्षक फ्रान्क लाम्पार्डले च्याम्पियन्स लिगको दौरान आफ्नो रोजाई बाहिर राखेका थिए ।
नेश्नल लिगमा स्पेनले सेप्टेम्बर ३ मा जर्मनीको भ्रमण गर्नेछ । त्यसको तीन दिनपछि युक्रेनलाई आतिथ्यता प्रदान गर्नेछ ।
बार्सिलोनाका डिफेन्डर जोर्डी अल्बा टिम बाहिर परेका छन् । क्लबमा समेत प्राथमिकतामा पर्न छाडेका अल्बाले राष्ट्रिय टिमबाट स्थान गुमाएका छन् । स्पेनको टिममा एट्लेटिको मड्रिडका एक खेलाडी समेत परेका छैनन् ।
प्रकाशित मितिः २०७७ भदौ ५ शुक्रबार
Comments