काठमाडौं। बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले आफुले लियोनल मेस्सीसंग कुरा गर्न आवश्यक रहेको बताएका छन् ।
५७ बर्षका प्रशिक्षकले बार्सिलोनासंग दुई बर्षको सम्झौता गरेका छन् । क्लबले क्विक सेटिनलाई मुख्य प्रशिक्षकबाट बर्खास्त गरेपछि कोम्यान नयाँ प्रशिक्षकको रुपमा बार्सिलोना आएका छन् ।
नाउ क्याम्पमा मेस्सीको भविष्य अनिश्चित देखिएको छ । उनी पछिल्लो सिजन उपाधि विहिन हुन परेको छ । उनीसंग सम्झौता अझै बाँकी छ । उनी अझै बार्सिलोनाका खेलाडी हुन् । कोम्यानले भनेका छन् ।
यो बिन्दुमा मैले उनीसंग कुरा गर्न आवश्यक छ । किनकी उनी टिमका कप्तान हुन् । उनले भने । हामी उनीसंग काम गर्न आवश्यक छ । र धेरै खेलाडीको बिषयमा कुरा गर्न बाँकी छ । हामीले केही निर्णय गर्न बाँकी छ तर मेस्सीको बिषयमा आशा गर्छु, उनी क्लबमा बस्नेछन् । कोम्यानले विश्वास ब्यक्त गरे ।
मलाई थाहा छैन, मैले सहमत गर्न सक्छु कि सक्दिन । उनी विश्वका सर्वोकृष्ट खेलाडी हुन् । र उनलाई टिममा हेर्न चाहन्छु । तिमी पक्कैपनि उनीबिरुद्ध खेल्न चाहदैनौ । कोम्यानले भने ।
प्रशिक्षकको रुपमा म मेस्सीसंग काम गर्न चाहन्छु । किनकी उनी खेल जिताउँछन् । उनले आफ्नो क्षमता र स्तरलाई सधै देखाएका छन् । म त्यसका लागि सधै खुसी रहनेछु । उनले भने ।
नेदरल्याण्डको प्रशिक्षक रहेका कोम्यानले डच टिमसंग दुई बर्षको सम्झौता बाँकी छँदै बार्सिलोना आउने निर्णय गरेका हुन् ।
उनले स्पेनिस क्लबबाट सन् १९८९ देखि १९९५ सम्म खेल्दै चार लिग कप र युरोपियन कप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
क्याटलान क्लबले पछिल्लो सिजन उपविजेतामा सिमित बनेको थियो । उसले पाँच अंकले पछि पर्दै लिग उपाधि रियल मड्रिडलाई सुम्पिएको थियो ।
बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा जर्मन क्लब बायर्न म्युनिखसंग ८–२ गोल अन्तरले पराजित बनेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ ४ बिहिबार
Comments