काठमाडौं । बंगलादेश यू-१९ क्रिकेट टोलीका सदस्य इफ्तेखर हुसेनलाई कोरोनाको संक्रमण देखिएको छ । शेर बंगला नेसनल स्टेडियममा सोमबार गरिएको परिक्षणमा हुसेनलाई कोरोना पोजेटिभ देखिएको हो ।
टिमको प्रशिक्षण सुरु गर्नु अघि गरिएको परिक्षणमा हुसेनलाई कोरोना देखिएको हो । बंगलादेशले यू-१९ टोलीको प्रशिक्षण अगस्ट २३ बाट हुनेछ ।
पछिल्लो पटक १५ खेलाडीमा परिक्षण गर्दा हुसेनलाई मात्र कोरोना देखिएको हो । यस अघि अगस्ट १६ मा गरिएको १५ खेलाडीको रिपोर्ट भने नेगेटिभ आएको बंगलादेश क्रिकेट बोर्डले जनाएको छ । बोर्डले कोरोना देखिएका खेलाडी पूर्ण रुपमा स्वस्थ्य रहेको र आइसोलेसनमा रहेको जनाएको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ ४ बिहिबार
Comments