काठमाडौं । सिरि ए क्लबका थप ४ जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार काग्लिरीले क्रोएसियाका २८ बर्षिया मिडफिल्डर फिलिप ब्राडरिक, ३१ बर्षका ईटालियन डिफेनडर लुका सिपिटेली, २४ बर्षका ईटालियन फरवार्ड अल्बर्टो सेरीलाई कोरोना संक्रमण पुष्टि भएको हो । क्लबका थप दुई खेलाडी एकान्तबासमा रहेका छन् ।
रोमाका ईटालियन गोलकिपर एन्टोनियो मिरान्टी समेत कोरोनाबाट संक्रमित बनेका छन् । यसअघि सोमबारमात्र बुल्गेरियका अन्तराष्ट्रिय विंगर २३ बर्षियका किरिल डेसपोडोभलाई कोरोना संक्रमण देखिएको थियो ।
काग्लिरीले बिहिबारबाट अभ्यास सत्र सञ्चालन गर्ने तयारी गरेको थियो । तर खेलाडीमा कोरोनाको संक्रमण देखिएसंगै क्लबले तत्काल अभ्यासलाई बन्द गरेको छ ।
‘तीन जना खेलाडी घरमा एकान्तबासमा रहेका छन् ।’ क्लबले जारी गरेको बिज्ञप्तीमा भनिएको छ । रोमाका खेलाडी मिरान्टीले आफुलाई कुनै लक्षण देखा नपरेको र आफुले सहज महशुश गरेको बताएका छन् ।
‘म एकान्तबासमा छु । म चाँडै निको हुनेछु । र टिमसंग तयारी सुरु गर्नेछु ।’ उनले भनेका छन् । सन् २०२०(२१ को सिरि एको सिजन सेप्टेम्बर १९ बाट सुरु गर्ने तयारी छ । एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ ४ बिहिबार
Comments