काठमाडौं । भारतीय बक्सर तथा पूर्व विश्व च्याम्पियन सरिता देवीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । सरिता देवीका श्रीमान थोबिया सिंहले सोमबार आफुहरुलाई कोरोना पोजेटिभ देखिएको बताएका छन् ।
तर, सिंहले दुवै जनालाई कोरोनाको कुनै लक्षण नभएको बताएका छन् । ३८ वर्षीय सरिता सन् २००९ मा लाइटवेटमा विश्व च्याम्पियन बनेकी थिइन् । उनले एसियन गेम्समा कास्य जितेकी थिइन् ।
सरिता कोरोनाको संक्रमण देखिने दोस्रो भारतीय बक्सिङ खेलाडी हुन् । यस अघि बक्सिङ लिजेण्ड डिङ्को सिंहलाई कोरोना देखिएको थियो । एसियन गेम्समा स्वर्ण विजेता सिंह कोरोनाबाट मुक्त भईसकेका छन् । एजेन्सी
Comments